आइएमई पे अफरः ४ देखि ६ बजे टिकट काट्दा दुई सय फिर्ता

हिमाल प्रेस १२ साउन २०८० १३:५८ | Friday, July 28, 2023
आइएमई पे अफरः ४ देखि ६ बजे टिकट काट्दा दुई सय फिर्ता

काठमाडौँ– ‘आइएमई पे’ले आन्तरिक हवाई उडानमा ‘फ्ल्यास सेल्स’को अफर सार्वजनिक गरेको छ। यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजेदेखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा दुई सय रुपैयाँ ‘क्यासब्याक’ पाउने छन्। यो योजना साउन २६ गतेसम्म चल्ने कम्पनीले जानकारी दिएको छ।

यो छुट नेपालमा सञ्चालित सबै आन्तरिक एयरलाइन्सको टिकटमा प्राप्त हुनेछ। यसका साथै विगतमा प्रोमो कोडको प्रयोगमार्फत पाइरहेको छुटसमेत पाइने कम्पनीको भनाइ छ।

प्रकाशित: १२ साउन २०८० १३:५८ | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast