दाङमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

हिमाल प्रेस ११ साउन २०८० ८:३४ | Thursday, July 27, 2023
दाङमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रतिनिधिमूलक तस्बिर

दाङ– दाङको देउखुरी लमही-३ नर्तीमा गए राति मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको रा. ४ प ५६०७ नम्बरको मोटरसाइकलले देउखुरीको नर्तीमा ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय सन्तु चौधरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालया प्रहरी प्रवक्ता राजनकुमार गौतमका अनुसार मोटरसाइकलको ठक्करले पैदल हिँडिरहेका चौधरी गम्भीर घाइते भएका थिए। घाइते उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

ठक्कर दिने मोटरसाइकल वडा प्रहरी कार्यालय लमहीमा राखिएको छ। मोटरसाइकल चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ साउन २०८० ८:३४ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast