असार १५

बुटवलवासीले मनाए धान दिवस [तस्बिरहरूसहित]

विनोद परियार १५ असार २०८० १४:१८
108
SHARES
बुटवलवासीले मनाए धान दिवस [तस्बिरहरूसहित]

लुम्बिनी– बुटवल १५ उजेलापुरमा धान दिवस तथा रोपाइ महोत्सव मनाइएको छ। बुटवल उपमहानगरपालिकाको आयोजनामा उजेलापुरकी भीमकुमारी थारुको खेतमा बुटवल उपमहानगरपालिकाले बाजागाजासहित रोपाइ गरेर दिवस मनाएको हो।

बुटवल १५ को आयोजना र वडास्तरीय कृषि व्यवसाय प्रवर्द्धन समिति र ज्ञानज्योति टोल विकास संस्थाको समन्वयमा भएको २० औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सवमा मेयर खेलराज पाण्डेय, उपमेयर सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडा अध्यक्षहरू, महाशाखाका निर्देशकहरूसहित स्थानीयको सहभागी छन्।

उक्त अवसरमा स्थानीय कलाकार, विद्यार्थी, समाजसेवी र सञ्चारकर्मीहरूले नगरपालिकाको टोलीलाई स्वागत गरेका छन्।

कार्यक्रममा बोल्दै मेयर पाण्डेयले बुटवलको १२ देखि १९ सम्मका वडाहरूमा खेतीयोग्य जमीन रहेको र यी क्षेत्रलाई कृषि पकेट क्षेत्रका रूपमा अगाडि बढाइरहेको बताए।

बुटवललाई आवश्यक कृषि उत्पादन बुटवलमै तयार गर्ने गरी लगानी गर्ने र किसानलाई प्रोत्साहित गर्ने गरी तयारी गरेको उनको भनाइ छ।

बुटवल १४ मा मकै पकेट क्षेत्र घोषणा गरी कार्यक्रम कार्यान्वयन भएको बताउँदै उनले आगामी वर्षदेखि तरकारी र धान गहुँको पकेट क्षेत्र बनाउने गरी तयारी गरेको जनाए।

कार्यक्रममा बोल्दै उपमेयर अर्यालले बुटवललाई कृषिमा आत्मनिर्भर बनाउने गरी काम भइरहेको बताए। उनले कृषिबाटै मुलुकको उन्नति हुने बताउँदै किसानले अझै बढी चासो दिनुपर्ने उल्लेख गरिन्।

प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले कृषि उत्पादनलाई बढाउनका लागि नगरले अनुदान र प्रोत्साहनका कार्यक्रम अगाडि सारेको जानकारी दिए।

नगर प्रवक्ता एवम् वडा नम्बर १५ का अध्यक्ष शिव रानाले धान दिवसको अवसरमा धान खेतीको उब्जनी बढाउनका लागि अरू धेरै लगानी गर्ने तयारी रहेको बताए।

प्रकाशित: १५ असार २०८० १४:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − two =