गर्मीको असर : कालीकोटमा भेटिए कालाजारका बिरामी

हिमाल प्रेस १५ असार २०८० ९:१९
6
SHARES
गर्मीको असर : कालीकोटमा भेटिए कालाजारका बिरामी

कालीकोट– कालीकोटका ५ स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन्। पचालझरना, पलाता, सान्नित्रिवेणी, रास्कोट र नरहरिनाथमा कालाजारका बिरामी फेला परेका हुन्।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतका अनुसार यस वर्ष ८ महिला र १२ पुरुष गरी २० कालाजारका बिरामी फेला परेका छन्।

यसको उपचार सदरमुकाम मान्मस्थित जिल्ला अस्पतालमा हुने गरेको छ। आर्थिक वर्ष ०७७/७८ मा ४३ तथा आव ०७८/७९ मा २८ कालाजारका बिरामी फेला परेका उनले जानकारी दिए।

जलवायु परिवर्तनका कारण पहाडी जिल्लामा कालाजारको असर देखिन थालेको जिल्ला अस्पतालका प्रमुख डा. संकेत विश्वकर्माको भनाइ छ।

‘पहिला तराईमा मात्र देखिने कालजार र ओलौरोग पछिल्लो समय पहाडी जिल्लामा समेत देखिन थालेको छ,’ उनले भने, ‘तापक्रममा वृद्धि भएसँगै लामखुट्टे बढ्दा यो रोग देखिएको हो।’

प्रकाशित: १५ असार २०८० ९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =