बाढी पहिरो, चट्याङ र हावाहुरीबाट जोगिन महाशाखाको आग्रह

हिमाल प्रेस १५ असार २०८० ८:४७
4
SHARES
बाढी पहिरो, चट्याङ र हावाहुरीबाट जोगिन महाशाखाको आग्रह

काठमाडौँ– देशमा मनसुन सक्रिय रहेकाले वर्षाका कारण हुने बाढी पहिरोबाट सतर्क रहज जल तथा मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणमा आग्रह गरेको छ।

देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकाले यस्ता विपद्बाट जोगिन महाशाखाले आग्रह गरेको हो।

देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्र प्रभावित हुनसक्ने पनि महाशाखाले जनाएको छ।

भारी वर्षा, मेघगर्जन/चट्याङ, हावाहुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागद्वारा जारी बुलेटिनमा उल्लेख छ।

गण्डकी र लुम्बिनी प्रदेशका तराईका अधिकांश तथा बाँकी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।

राति देशभर सामान्यदेखि पूर्णतया बदली भई कोशी, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि भारी वर्षाको सम्भावना छ।

प्रकाशित: १५ असार २०८० ८:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =