छेन्दु पुगे गृहमन्त्री श्रेष्ठ

हिमाल प्रेस १३ असार २०८० १७:५५
8
SHARES
छेन्दु पुगे गृहमन्त्री श्रेष्ठ

छेन्दु (चीन)- पाँचदिने चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा पुगेका छन्।

छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बुधबार) उनलाई सिचुवान जनसरकारका उपमहासचिव सिया ओफङ र यहाँस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले स्वागत गरे। उपप्रधानमन्त्री श्रेष्ठलाई विमानस्थलमा चिनियाँ बालबालिकाले स्वागत गरेका थिए।

उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटन सत्रलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्ने र दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवान सहरको भ्रमण एवं प्रदर्शनीको अवलोकन गर्ने कार्यक्रम छ।

उनले शुक्रबार सिचुवान विश्वविद्यालयका नेतृत्वसँग भेटवार्ता गर्नुका साथै त्यहाँ अध्ययनरत विद्यार्थीलाई सम्बोधन मन्तव्य दिनेछन्। उपप्रधानमन्त्री श्रेष्ठले शनिबार भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङस्थित हाइड्रो जक्सनको अवलोकन गर्नेछन्।

सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ मंगलबार चीन प्रस्थान गरेका थिए। -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =