एमालेको विरोधपछि १५ मिनेटका लागि संसद् बैठक स्थगित

हिमाल प्रेस १३ असार २०८० १४:४६
10
SHARES
एमालेको विरोधपछि १५ मिनेटका लागि संसद् बैठक स्थगित

काठमाडौँ– निर्वाचन कार्यालय हटाउने प्रस्ताव कायमै राखिएको भन्दै प्रतिपक्षी सांसदहरूले अवरुद्ध गरेपछि बुधबारको प्रतिनिधिसभा बैठक केही बेरका लागि स्थगित भएको छ।

बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेट स्थगित गरेका थिए।

यसअघि बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले मंगलबार अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा समावेश निर्वाचन आयोगको जिल्लास्थित कार्यालय जिल्ला प्रशासन कार्यालयकै अंगमा राख्ने प्रस्ताव फिर्ता लिइने आश्वासन दिएका थिए। तर बजेटमा जिल्लास्थित निर्वाचन कार्यालय हटाउने प्रस्ताव कायमै रहेको भन्दै प्रतिपक्षी दलहरूले बिहीबार विरोध गरेका थिए।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले निर्वाचन आयोगमा सबै राजनीतिक दलहरू बसेर सहमति भइसकेको स्पष्ट पारे। उनले बजेटमा त्रुटि भए पनि जसरी सञ्चालन भइरहेका छन्, त्यसरी नै सञ्चालन हुन्छन् भनेर आयोगमै बसेर सहमतिमा पुगिएको जानकारी दिए।

यसबारे संसद्मा पनि पटकपटक छलफल भएको जानकारी दिँदै उनले आयोगका जिल्लास्थित कार्यालय यथावत् राख्ने विषयमा सबै सहमत रहेको बताए। उनले अर्थमन्त्रीले पनि यसमा प्रतिबद्धता जनाइएको बताउँदै भने, यो प्राविधिक कुरा हो। आयोगका जिल्लास्थित कार्यालय कायमै रहनेछन्।’ उनले यसलाई राजनीतिक विषय नै नरहेको पनि बताए। यसमा सत्ता पक्ष र प्रतिपक्षको समान धारणा छ।

सबै तस्बिर- दिपेश श्रेष्ठ/हिमालप्रेस

प्रकाशित: १३ असार २०८० १४:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =