बागलुङ जिप दुर्घटनामा १ जनाको मृत्यु

हिमाल प्रेस १० असार २०८० १०:०४
4
SHARES
बागलुङ जिप दुर्घटनामा १ जनाको मृत्यु

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका-३ धम्जाको रामचालुमा शनिबार राति जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा २ जना घाइते भएका छन्।

जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध. १ ज ७१९० नम्बरको जिप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते २ जनालाई उपचारका लागि बागलुङ सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले जानकारी दिए।

जिप करिब सडकबाट ५० मिटर तल खसेको बताइएको छ।

प्रकाशित: १० असार २०८० १०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + ten =