एमाले पनि समाजवादी मोर्चामा आओस्, कांग्रेसलाई फरक पर्दैन : गगन थापा

हिमाल प्रेस ९ असार २०८० १२:४२
4
SHARES
एमाले पनि समाजवादी मोर्चामा आओस्, कांग्रेसलाई फरक पर्दैन : गगन थापा फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन्।

काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। गठबन्धन ठिक ढंगले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्ने कुरा नौलो नभएको उनको भनाइ छ।

कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको उनले स्पष्ट पारे। सरकार छोड्नु परे पनि नडराइकन एक्ला-एक्लै चुनाव लड्न कांग्रेसले सक्नुपर्ने उनले उल्लेख गरे।

गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएको बताउँदै उनले समाजवादी मोर्चामा नेकपा एमाले पनि थपिएर कम्युनिष्टहरू एकै ठाउँमा भए पनि कांग्रेसलाई फरक नपर्ने दाबी गरे।

‘कम्युनिष्टहरू एक ठाउँ आउन्, समाजवादी मोर्चामा एमाले पनि आओस्। यसले कांग्रेसलाई कुनै फरक पर्दैन,’ उनले भने

संसदमा समानुपातिक निर्वाचन प्रणाली नराख्न पनि उनले आग्रह गरे।

‘गठबन्धन ठिक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ। नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन। बन्छ, भत्किन्छ भइराख्छ,’ उनले भने, ‘हाम्रो हाउस समावेशी बनाऔं, तर निर्वाचन प्रणाली बदलौं। अब यो समानुपातिक निर्वाचन प्रणाली कम्तीमा लोअर हाउसमा नराखौं। महिला, दलित, मधेशी कसरी जाने भन्न सकिन्छ, महिलाका लागि निर्वाचन क्षेत्र तोकौं।’

प्रकाशित: ९ असार २०८० १२:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =