काठमाडौँका फिल्म हलबाट नगर प्रहरी फिर्ता

हिमाल प्रेस ८ असार २०८० ९:००
38
SHARES
काठमाडौँका फिल्म हलबाट नगर प्रहरी फिर्ता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले फिल्म हलहरूबाट नगर प्रहरी फिर्ता गरेको छ। मेयर बालेन्द्र शाह (बालेन)ले हिन्दी फिल्मको प्रदर्शन रोक्न हिजो (बिहीबार) हलहरूमा १०/१० जना नगर प्रहरी खटाएका थिए।

तर उनले आज बिहान हलहरूबाट सबै नगर प्रहरी फिर्ता बोलाएका छन्।

‘नेपाली दर्शकले बहिष्कार गरेपछि हामी हलमा फिल्म बन्द गर्न बस्नै परेन, त्यही भएर हलमा गएका नगर प्रहरी फिर्ता गरिएको हो,’ महानगर प्रहरी प्रमुख राजु पाण्डेले भने।

मेयर बालेन शाहले हिन्दी फिल्म आदिपुरुषमा सीता भारतमा जन्मिएको भन्ने संवाद नसच्याइएसम्म काठमाडौँ महानगरमा सबै हिन्दी फिल्म चलाउन रोक लगाएका थिए।

उक्त फिल्म लेखकले नेपाल कुनै समय भारतकै भू-भाग थियो भन्ने अभिव्यक्ति दिएपछि भारतले नेपालको स्वाधीनतामाथि हस्तक्षेप गरेको बताउँदै आएका छन्।

उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

बालेनले भने अदालत र सरकार भारतको गुलाम भएको भन्दै उक्त फिल्मको प्रदर्शन तत्काल नगरिने अडान राख्दै आएका छन्।

प्रहरी प्रमुख पाण्डेले भने हलबाट आफूहरू अहिले फर्किए पनि ड्युटी भने यथावत रहेको भन्दै महानगरको आदेशअनुसार प्रहरीले जिम्मेवारी निभाउने बताए।

प्रकाशित: ८ असार २०८० ९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 19 =