बागलुङ जिप दुर्घटनामा २ जनाको मृत्यु

हिमाल प्रेस ६ असार २०८० १२:५३
6
SHARES
बागलुङ जिप दुर्घटनामा २ जनाको मृत्यु

बागलुङ– बागलुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग. १ च ९४८५ नम्बरको जिप काठेखोला गाउँपालिका-५ ठुलढुंगामा दुर्घटना भएको हो।

दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए। दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो। जिप मध्यपहाडी लोकमार्गबाट ५ सय मिटर तल खसेको हो।

मृतक दुवै पुरुष रहेको केसीको भनाइ छ। जिपमा सवार यात्रुको संख्या यकिन हुन सकेको छैन। प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ।

प्रकाशित: ६ असार २०८० १२:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eleven =