योग दिवसमा लुम्बिनीमा विशेष कार्यक्रम

हिमाल प्रेस ५ असार २०८० ८:१५
योग दिवसमा लुम्बिनीमा विशेष कार्यक्रम

लुम्बिनी – अन्तर्राष्ट्रिय योग दिवका अवसरमा मंगलबार लुम्बिनीमा विशेष कार्यक्रम आयोजना गरिएको छ। पतञ्जली योगपीठ नेपालको आयोजनामा भएको कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, भारतीय राजदूत नवीन श्रीवास्तव लगायतको उपस्थिति थियो।

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री किराँतीले हजारौँ वर्षअघि पत्ता लागेको योगको औचित्य पछिल्ला दिनमा निकै बढ्दै गएको बताए। यस्तै राजदूत श्रीवास्तवले योग दिवसले स्वस्थ जीवन जिउने कलाका बारेमा सबैलाई एकजुट बनाउने बताए। कार्यक्रममा सहभागीलाई केहीबेर योगका विभिन्न आसन गराइएको थियो।

पतञ्जली योग समिति कपिलवस्तुका अध्यक्ष कृष्ण मुरारी ज्ञवाली र नवलपरासीका अधयक्ष नरुपति पाण्डेयले योग अभ्यास गराएका थिए। पतञ्जली र स्थानीय गरी दिवसका अवसरमा लुम्बिनीमा ४ सय जनाको उपस्थिथिमा योग अभ्यास गराइएको थियो। योग दिवसको अवसरमा आयोजित कार्यक्रमा नागरिक उड्डयनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतीय राजदूत नवीन श्रीवास्तव, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, विकास कोषका बोर्ड सदस्यहरु सरिक भएका थिए। बुद्धजन्मस्थल लुम्बिनीमा हुने यस्ता कार्यक्रमले लुम्बिनीमो प्रचार प्रसारमा योगदान गर्ने कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राइले बताए। प्रत्येक वर्ष जुन २१ तरिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ।

प्रकाशित: ५ असार २०८० ८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =