उद्धार, राहत र खोजी कार्यमा सम्पूर्ण संयन्त्र परिचालन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस ४ असार २०८० ९:५३
6
SHARES
उद्धार, राहत र खोजी कार्यमा सम्पूर्ण संयन्त्र परिचालन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी पहिरोमा परी हराएकाको खोजी कार्य र उद्धार, राहतमा राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताएका छन्।

सोमबार बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिहरूको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता जनाएका हुन्।

प्राकृतिक प्रकोपको खतरा अहिले पनि विद्यमान रहेकाले सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने उनको भनाइ छ।

बाढी पहिरोका कारण देशको पूर्वी क्षेत्रमा जनधनको क्षति भएकोमा दु:ख व्यक्त गर्दै उनले बाढी पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी, उद्दार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरिने बताएका छन्।

ताप्लेजुङ र पाँचथरका राजनीतिक दलका नेता र जनप्रतिनिधिहरूले ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढी पहिरोबाट ठूलो धनजनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन, सडक र पुल भत्किएका ठाउँमा तत्काल वैकल्पिक सडक बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

भेटमा प्रधानमन्त्रीले क्षतिको सम्पूर्ण विवरणबारे आफू जानकार रहेको र खोजी कार्य, उद्दार र राहतमा सम्पूर्ण राज्य संयन्त्र परिचालन गर्न पहल मातहत निकायलाई निर्देशन दिएको बताए।

नेकपा एमालेका नेतहरू योगेश भट्टराई, वसन्त नेम्वाङ, सांसद लिला बखिन, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेल बुढाक्षेत्रीलगायत नेता एवम् जनप्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेका हुन्।

प्रकाशित: ४ असार २०८० ९:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 2 =