आइसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट

जिम्बाबेलाई नेपालले दियो २९१ रनको लक्ष्य

हिमाल प्रेस ३ असार २०८० १६:३२
32
SHARES
जिम्बाबेलाई नेपालले दियो २९१ रनको लक्ष्य

काठमाडौँ– आइसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले जिम्बाबेलाई २९१ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले घरेलु टिम जिम्बाबेलाई ८ विकेटको क्षतिमा २९१ रनको लक्ष्य दिएको हो।

नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले नेपालका लागि उत्कृष्ठ साझेदारी गर्दै दुवैले अर्धशतक प्रहार गरे। पहिलो दुई ओभरमा खाता खोल्न नसकेको नेपालका लागि भुर्तेल र शेखले १७१ रनको कीर्तिमानी साझेदारी बनाए।

भुर्तेलले ९९ रनमा आउट भए। उनले ९५ बलमा १३ चौकार र २ छक्काको मद्दतमा ९९ रन बनाएका हुन्। अर्का ओपनर शेखले १०० बलमा ७ चौका हिर्काएर ६६ रन बनाए।

दुवै ओपनर आउट भएपछि कप्तान रोहित पौडेल र कुशल मल्लले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरे। पौडेल २९ बलमा ५ चौकाको मद्दतमा ३१ रन जोडेर आउट भए भने मल्ल ४२ बलमा २ चौका र ३ छक्काको मद्दतमा ४१ रन जोडेर आउट भए।

त्यसपछि नेपालको विकेट लगातार गयो। आरिफ शेख १०, गुल्सन झा १३ रनमा र भीम सार्की डकआउट भए। त्यस्तै दीपेन्द्रसिंह ऐरी ६ रनमात्रै जोडे। खेल जिम्बाबेको हरारे स्पोर्स्टस क्लबको मैदानमा जारी छ।

प्रकाशित: ३ असार २०८० १६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =