काठमाडौँ- सहकारी संस्थाहरूमा जम्मा गरेको पैसा लिएर सञ्चालक फरार भएपछि बचतकर्ता काठमाडौँमा आन्दोलन गरिरहेका छन्। पीडितहरू ‘सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समिति नेपाल’ गठन गरेर काठमाडौँको माइतीघर र आसपासका क्षेत्रमा आन्दोलन गर्दै आएका छन्। शनिबार उनीहरूले बानेश्वरमा प्रदर्शन गरेका हुन्। उनीहरूले आफ्ना मागप्रति सरकारले बेवास्ता गरेको आरोप पनि लगाएका छन्।
प्रकाशित: ३ असार २०८० १५:४०
प्रतिक्रिया