हेवाखोलामा बेलिब्रिज लगिँदै

हिमाल प्रेस ३ असार २०८० १५:०१
8
SHARES
हेवाखोलामा बेलिब्रिज लगिँदै

काठमाडौँ- मेची राजमार्गको हेवाखोलामा बेलिब्रिज राखिने भएको छ। शनिबार रातिदेखिको अविरल वर्षा र बाढीले बिहान पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल बगाएपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा त्यहाँ बेलिब्रिज पठाउन लागिएको हो।

उपप्रधानमन्त्री श्रेष्ठको उपस्थितिमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसअघि नै मनसुन पूर्वतयारी एवम् प्रतिकार्य कार्ययोजना तयार पारिसकेको छ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले खोज तथा उद्धारका लागि सम्बन्धित निकायहरूको जिम्मेवारी तथा उपकरणहरूको विवरण तय भइसकेको र सोही कार्ययोजनाअनुसार बेसिलब्रिज पठाउन लागिएको बताए।

हेवाखोलामा सडक विभागको इटहरीस्थित कार्यालयबाट बेलिब्रिज पठाउन लागिएको हो। विभागका महानिर्देशक सुशीलबाबु ढकालले प्राविधिक टोलीसहित आइतबारै बेलिबिज्र पठाउने तयारी भइरहेको जानकारी दिए। बाढीले पुल बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।

प्रकाशित: ३ असार २०८० १५:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =