नेपाल प्रहरीलाई दिइयो चिनियाँ भाषा तालिम

हिमाल प्रेस ३२ जेठ २०८० ११:१५
16
SHARES
नेपाल प्रहरीलाई दिइयो चिनियाँ भाषा तालिम

काठमाडौँ-प्रहरीलाई चिनियाँ भाषा तालिम प्रदान गरिएको छ। पर्यटक प्रहरी, इमर्जन म्यान्डरिन एकेडेमी (आइएमए) र इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीको सहकार्यमा पर्यटक प्रहरीलाई २ महिने चिनियाँ भाषा प्रशिक्षण दिइएको हो।

प्रशिक्षणमा सहभागी पर्यटक प्रहरीलाई बुधबार प्रमाण पत्र वितरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रशिक्षणले पर्यटक प्रहरीलाई चिनीया पर्यटकसँग सञ्चार गर्न र उनीहरूको समस्या तत्काल समाधान गर्न सहज हुने बताए।

उनले पर्यटक प्रहरीलाई अन्य भाषाको पनि प्रशिक्षण दिन जरुरी रहेको उल्लेख गरे।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपाल र चीन छिमेकी मुलुक भएकाले एकापसमा भाषा जाने हरेक कुरामा सहज हुने बताए।

चिनियाँ राजदूतवासका काउन्सिलर वांछिन, नेपाल पर्यटन बोर्डका महानिर्देशक होम लुइँटेल, प्रहरी नायव उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठलगायतले प्रशिक्षणबाट पर्यटक प्रहरीलाई काम गर्न थप हौसला मिल्ने बताए ।

कार्यक्रममा भाषा प्रशिक्षणमा सहभागी पर्यटक प्रहरी लक्ष्मण राउत, कुमार खड्का, सुनिता नेपाल, शुभराज महतरा र सुनिल श्रेष्ठलाई प्रमाण पत्र प्रदान गरिएको थियो।

२ महिनासम्म सञ्चालन भएको पर्यटक प्रहरी भाषा प्रशिक्षण कक्षका लागि इमर्जन म्याण्डरिन एकेडेमीले छुट्टै पाठ्यक्रम बनाएर अध्यापन गराएको एकेडेमीका सञ्चालक प्रमिला तामाङले जानकारी दिइन्।

प्रकाशित: ३२ जेठ २०८० ११:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 11 =