मोरङका दुई विद्यालयलाई लिम्बू भाषाको किताब वितरण

हिमाल प्रेस ३१ जेठ २०८० ८:११
6
SHARES
मोरङका दुई विद्यालयलाई लिम्बू भाषाको किताब वितरण

मोरङ– लोप हुँदै गएको भाषा संरक्षण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङ इजरायल समितिले लिम्बू भाषाका पुस्तक वितरण गरेको छ। मोरङको पथरी शनिश्चरे नगरभित्र लिम्बू भाषा अध्यापन गराउँदै आएका २ विद्यालयलाई करिब ५० हजार बराबरको पाठ्यपुस्तक उपलब्ध गराएको हो।

पथरी शनिश्चरेका ती विद्यालयमा २ शिक्षकले लिम्बू भाषा अध्यापन गराइरहेका छन्। किरात याक्थुङ चुम्लुङ इजरायल समितिले चन्द्र किरातेश्वर माध्यमिक विद्यालयका कक्षा १ देखि कक्षा ७ सम्म र भगीरथ माध्यमिक विद्यालय पथरी शनिश्चरे-४ का कक्षा १ देखि कक्षा कक्षा ५ सम्मका विद्यार्थीलाई पुस्तक वितरण गरेको हो। २ विद्यालयमा गरी करिब ३ सय ६३ विद्यार्थी अध्ययन गरिरहेका छन्।

पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्वापो, किरात याक्थुङ चुम्लुङ संघीय सदस्य सन्तोस सेरेङ, याक्थुङ चुम्लुङ पथरी शनिश्चरेकी सदस्य इन्द्रमाया लिम्बूले विद्यार्थीलाई पुस्तक वितरण गरेका हुन्।

किरात याक्थुङ चुम्लुङ पथरी शनिश्चरे नगर समितिको पहलमा किरात याक्थुङ चुम्लुङ इजरायलको सहयोगबाट पुस्तक प्राप्त भएको हो।

पाठ्यपुस्तक वितरण कार्यक्रममा किरात याक्थुङ चुम्लुङ पथरी शनिश्चरे नगर समितिका अध्यक्ष प्रेम पयांगु लिम्बूले सरकार र स्थानीय निकायबाट भाषा संरक्षणका लागि पहल नभएको गुनासो गरे।

शिक्षकलाई सन्तुष्ट हुने गरी तलब भत्ता दिन नसकिएको र नगरस्तरबाट अनुगमन फितलो भएको एवम् अध्यापनका लागि पर्याप्त बजेट नहुँदा अरूकै आसले बाँच्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

मेयर तुम्वापोले भाषा संरक्षणका लागि नगर गम्भीर रहेको भन्दै सबै भाषालाई जगेर्ना गर्ने प्रतिबद्धता व्यक्त गरे। भाषाको संरक्षणका लागि समितिले गरेको कामको प्रशंसा गर्दै पछिल्लो अवस्थामा केन्द्रीयस्तरबाटै बजेट कटौती भएको कारणले अपेक्षा गरेबमोजिम काम हुन नसकेको उनले बताए।

हाल लिम्बू भाषा अध्यापन गराउँदै आएका शिक्षकले मासिक तलबवापतछ हजार र भत्तावापत१० हजार पाउँदै आएका छन्। हाल पथरी शनिश्चरेका २ विद्यालयले कक्षा ७ सम्म भाषा अध्यापन गराउँदै आएको छ भने आउँदो शैक्षिक सत्रमा कक्षा ८ सम्म लैजाने समितिले जानकारी दिएको छ।

प्रकाशित: ३१ जेठ २०८० ८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 9 =