आज प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्‍नको अर्थमन्त्रीले जबाफ दिने

हिमाल प्रेस २९ जेठ २०८० ६:५४
10
SHARES
आज प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्‍नको अर्थमन्त्रीले जबाफ दिने फाइल तस्बिर।

काठमाडौँ– प्रतिनिधिसभा बैठक सोमबार (आज) पनि बस्दैछ। दिनको १ बजे संघीय संसद् भवन नयाँ वानेश्वरमा बैठक बस्ने भएको हो।

आर्थिक वर्ष ०८०/८१ को बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्री प्रकाशशरण महतले जबाफ दिने बैठकको कार्यसूची छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्केपछि बजेटमाथि निरन्तर छलफल जारी छ। सो क्रम आइतबार (हिजो)बाट सकिएपछि आज अर्थमन्त्रीले जबाफ दिने भएका हुन्।

बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जबाफ आइतबार नै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै सो कार्यसूची आजका लागि राखिएको हो।

प्रकाशित: २९ जेठ २०८० ६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 15 =