पोखरा– पोखरामा स्वीमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा ८ आलुमाइला चोक बस्ने १० वर्षीय ऐनक्स थापाको मृत्यु भएको हो।
पोखरा १६, बाटुलेचौरमा मोहनदत्त पोख्रेलले सञ्चालन गरेको स्वीमिङमा पुलमा पौडी खेल्ने क्रममा ऐनक्स शुक्रबार साँझ ६:१५ बजे डुबेका थिए। डुबेर घाइते उनलाई उपचारार्थ दीप अस्पताल पठाइएकोमा चिकित्सकले राति ७:१० मा मृत घोषणा गरेका थिए।
प्रकाशित: २८ जेठ २०८० १३:२२
प्रतिक्रिया