सत्ता टिकाउन प्रधानमन्त्रीले रेशम चौधरीलाई आममाफी दिएको शेखर कोइरालाको दाबी

हिमाल प्रेस २७ जेठ २०८० १२:३९
4
SHARES
सत्ता टिकाउन प्रधानमन्त्रीले रेशम चौधरीलाई आममाफी दिएको शेखर कोइरालाको दाबी फाइल तस्बिर।

भक्तपुर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता टिकाउनका लागि अदालतको आदेशविपरित रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको दाबी गरेका छन्।

कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अदालतको आदेशविपरीत चौधरीलाई आममाफी दिने कुराले लोकतन्त्रलाई नै कमजोर बनाएको उनको भनाइ छ।

‘सरकार टिकाउनका लागि यी कुराहरू गर्दाखरी लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ। हामीले राजनीतिक स्वतन्त्रता छ पायौं। संविधान पायौं नि। तपाईंहरू, हामीहरू सबै खुसी छौं। तर आर्थिक, सामाजिक, सांस्कृतिक विविधताहरू अहिले पनि अप्ठ्यारोमा परेका छन्,’ उनले भने।

जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातराख्ने सरकारको निर्णयप्रति पनि उनले आपत्ति जनाए।

‘आयोगलाई हामीहरूले स्वतन्त्र र निष्पक्ष निर्वाचन आयोग बनाउनु पर्छ भनेर भनिराखेका छौं।  आयोगलाई सिडियोमातहत लगेर एउटा कोठामा लगेर राख्नु हुँदैन। यसले लोकतन्त्र मजबुत हुन सक्दैन,’ उनले भने।

कांग्रेस कमजोर भएको हिन भावना लिएर नबस्न पनि पार्टीका नेता, कार्यकर्तालाई उनले सचेत गराए। अतितबाट सिक्ने सके कांग्रेस कमजोर हुने कुनै कारण नरहेको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 6 =