गोरखाको रानी पोखरीमा डुबेर एक बालकको मृत्यु

हिमाल प्रेस २६ जेठ २०८० २०:४४
234
SHARES
गोरखाको रानी पोखरीमा डुबेर एक बालकको मृत्यु प्रतिनिधिमूलक तस्बिर
गोरखा- गोरखा सदरमुकामको रानीपोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।
धार्चे गाउँपालिका-५ सिङ्लाका ८ वर्षीय मनिष गुरुङको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार शुक्रबार साँझ ५ बजे उनीसहित ४ जना रानी पोखरीमा पौडी खेल्न गएका थिए।
पोखरीबाट सबै साथीहरु बाहिर निस्किए पनि उनी बाहिर नआएपछि उनका साथीहरू चिच्याएर वरिपरि हारगुहार गरेका थिए।
तत्कालै प्रहरी र स्थानीयहरुले उनलाई निकालेर गोरखा अस्पताल लगिएका थिए। अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मृतक गुरुङ हाल गोरखा नगरपालिका- ६ ढाडगाउँमा मामासँग बस्दै आएका थिए।
प्रकाशित: २६ जेठ २०८० २०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 8 =