फेसबुकमा घरजग्गा ‘लोन सेवा’ पेज बनाएर ५७ लाख ठग्ने पक्राउ

हिमाल प्रेस २६ जेठ २०८० १९:२७
16
SHARES
फेसबुकमा घरजग्गा ‘लोन सेवा’ पेज बनाएर ५७ लाख ठग्ने पक्राउ

काठमाडौँ- फेसबुकमा घरजग्जा लोन सेवा नामक पेज बनाइ रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ घर भइ काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने नकुल चालिसे, आकाश भट्टराई, आरएन क्षेत्री नामले चिनिने २७ वर्षीय रामचन्द्र चालिसे छन्।

उनले फेसबुकमा २०७९ फागुन ११ गतेदेखि घर जग्गा लोन सेवा पेज बनाई सञ्चालनमा ल्याएका थिए।

लोन चाहिएमा सम्पर्क गर्नुहोस् भन्दै प्रलोभनमा पारी विभिन्न व्यक्तिहरूबाट चेक तथा नगद गरी ५७ लाख २० हजार रुपैयाँ लिई ठगी गरेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सिताराम रिजालले जानकारी दिए।

उनले अर्काको नामको नागरिकता दुरूपयोग गरी विभिन्न बैंकमा खाता खोली सोही खाताको चेकसमेत दिएर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ जेठ २०८० १९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − nine =