नक्कली भुटानी शरणार्थी प्रकरणमा नागरिक खबरदारी चाहियो : गृहमन्त्री श्रेष्ठ

हिमाल प्रेस २६ जेठ २०८० १९:२४
6
SHARES
नक्कली भुटानी शरणार्थी प्रकरणमा नागरिक खबरदारी चाहियो  : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ– उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा नागरिक खबरदारी आवश्यक रहेको बताएका छन्। राजनीतिक उपलब्धिलाई जोगाएर भ्रष्टाचारको नियन्त्रण तथा आर्थिक, सामाजिक रुपान्तरणका लागि नागरिक आन्दोलनले सडकमै उपस्थित भएर खबरदारी गर्नुपर्ने बेला आएको श्रेष्ठको भनाइ छ।

नक्कली शरणार्थी प्रकरणलाई यत्तिकै सामसुम पार्न खोजिएको त होइन? भन्ने लिखित प्रश्न र आशंकासहित शुक्रबार आफूलाई भेट्न गृहमन्त्रालय अएका डा संजिव उप्रेती, केशव सिग्देल, युवराज घिमिरे, शिशिर उप्रेती, रक्षा बम, प्रेम चलाउने, पवन थापासहितका नागरिक आन्दोलनका अगुवालाई आश्वस्त पार्दै उपप्रधानमन्त्री श्रेष्ठले शरणार्थी प्रकरण सम्बन्धि थप अनुसन्धानलाई जारी राखिने पनि बताए।

श्रेष्ठले बलियो प्रमाण–अभियोजनसहित मुद्दा परेकोले नक्कली शरणार्थी काण्डका अभियोगीहरू अदालतबाट समेत उम्किन नसक्ने विश्वास व्यक्त गरे।

यद्यपि अझै नागरिक खबरदारी भने आवश्यक रहेको उनको भनाइ छ। आफूलाई कतिपयले ‘सधै गृहमन्त्री होलास् र? थुनिएकाहरू निस्किदा तेरो के होला?’ भन्ने गरे पनि बरु शहीदको लाममा मिसिन तयार हुने, तर सुशासन र जनसेवाका लागि लडिरहने गृहमन्त्री श्रेष्ठले बताए।

ठोस तथ्यप्रमाण बिना अभियोगीले बयानमा पोलेकाहरूसम्म पुग्दा मुद्दा कमजोर बन्ने सम्भावनाप्रति सरकार सजग रहेको समेत उनले बताए।

प्रकाशित: २६ जेठ २०८० १९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =