‘वैदेशिक रोजगारीमा गएका नेपालीको हितमा बढी ध्यान दिएको छु’

हिमाल प्रेस २६ जेठ २०८० १९:२१
4
SHARES
‘वैदेशिक रोजगारीमा गएका नेपालीको हितमा बढी ध्यान दिएको छु’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको हितका लागि आफूले सबैभन्दा बढी ध्यान दिएको बताएका छन्। वैदेशिक रोजगारीमा गएका नेपालीहरुको हीत र रक्षाका लागि आफूले सबैभन्दा बढी ध्यान दिएको उनको भनाइ छ।

शुक्रबार काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने काम अगाडि बढाएको बताए। यस्तै, विदेशस्थित नेपाली दूताबासहरुमा श्रमिक हेल्प डेस्कको व्यवस्था, अनलाइनबाटै श्रम स्वीकृति लिने व्यवस्था, वैदेशिक रोजगारीका क्रममा बन्धक बनाइएका, अलपत्र परेका नेपालीहरुको उद्दार लगायतका महत्त्वपूर्ण कामहरु अगाडि बढाएको पनि प्रधानमन्त्रीले उल्लेख गरे।

प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीका क्रममा अंगभंग वा मृत्यु भएका नागरिकका परिवारका लागि शिक्षा र स्वास्थ्यमा राज्यले अभिभावकीय भूमिका खेल्ने बताए। भारत र तेस्रो मुलुकबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुले भोग्दै आएका समस्या र दुःख, कष्टको सहजीकरण र सम्बोधन गर्न सरकार गम्भीर रुपले लागिरहेको उनले बताए।

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणको सन्दर्भमा उल्टोपाल्टो पारेर भ्रम फैलाउन लागिएको भन्दै सचेत हुन आग्रहसमेत गरे। उनले जसले देशमा राजनीतिक परिवर्तन ल्यायो उसले मात्रै देशलाई एकताबद्ध गर्नसक्ने बताए।

प्रकाशित: २६ जेठ २०८० १९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =