तराईमा चल्यो लू, ६ ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसमाथि

हिमाल प्रेस २६ जेठ २०८० ९:४९
10
SHARES
तराईमा चल्यो लू, ६ ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसमाथि

काठमाडौँ- गर्मी बढ्दै जाँदा देशभरको तापक्रम बढ्दै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ६ ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ।

लगातार पाँच दिनसम्म सामान्यभन्दा ४० डिग्रीभन्दा माथि तापक्रम बढेमा लू चलेको मानिन्छ। वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको मौसमविद् गोविन्दकुमार झाले जानकारी दिए।

महाशाखाका अनुसार नेपालगन्ज, विराटनगर, जनकपुर, भैरहवा, सिमरा र धनगढीको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसमाथि छ। महाशाखाले अझै केही दिन देशका तराई भूभागमा तापक्रम नघट्ने जनाएको छ ।

तातो हावा तथा लूबाट हुने सम्भावित असर जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, माँसपेशी दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको छ।

तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा दाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ जुस सर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह सुझाव लिन पनि महाशाखाले सुझाएको छ।

प्रकाशित: २६ जेठ २०८० ९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =