आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षा, तराईमा लू चल्ने

हिमाल प्रेस २६ जेठ २०८० ६:३०
12
SHARES
आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षा, तराईमा लू चल्ने

काठमाडौँ– शुक्रबार देशको पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित हल्का वर्षा हुने देखिएको छ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले कोशी प्रदेशको एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने छ भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

राति भने देशका पहाडी भू-भागको एक-दुई स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

तराईका सबैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने महाशाखाले जनाएको छ। यस कारण अझै केही दिन सो क्षेत्रमा ‘लू’ चल्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: २६ जेठ २०८० ६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =