राप्रपा नेपालले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गर्ने

हिमाल प्रेस २५ जेठ २०८० १४:१५
42
SHARES
राप्रपा नेपालले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापा। तस्बिर : रासस

काठमाडौँ– राप्रपा नेपालका जनवर्गीय संगठनहरूले शुक्रबार राजधानीमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन्। भ्रष्टाचार, कुशासन, नागरिकता विधेयक प्रमाणीकरणको विरोध र संघीयताको खारेजी एवम् हिन्दू राष्ट्रको माग राखी शुक्रबार प्रदर्शन गर्न लागिएको पार्टीले जनाएको छ।

दिउँसो २ बजे बबरमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने कार्यक्रम छ। नेपाली भूमि सट्टापट्टा नीतिको राप्रपा नेपालले चर्को आलोचना गरेको छ।

प्रकाशित: २५ जेठ २०८० १४:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =