संसद्‌मा विनोद चौधरीले प्रयोग गरे महिला होच्याउने उखान

हिमाल प्रेस २५ जेठ २०८० १२:१२
10
SHARES
संसद्‌मा विनोद चौधरीले प्रयोग गरे महिला होच्याउने उखान

काठमाडौँ- नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आगामी बजेटमाथि आफ्नो धारणा राखिरहेका बेला एमालेकी महिला सांसदले नियमापत्ति गरेकी छन्। एमाले सांसद दीपा शर्माले चौधरीले आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै नियमापत्ति जनाएकी हुन्।

‘नेपाली उखानलाई लिएर नेपाली महिलालाई आक्रमण गर्ने गरिन्छ। यस्ता आपत्तिजनक शब्द संसद्को रेकर्डबाट हटाइयोस्,’ उनले भनिन्, ‘आगामी दिनमा पनि यस्ता शब्दावली प्रयोग नहोस्।’

उनको नियमापत्तिपछि सभामुख देवराज घिमिरेले चौधरीले बोलेको शब्द लैंगिकमैत्री नभएकाले रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। चौधरीले खेती किसानी सुरु हुने बेला सरकार बल्ल रासायनिक मलको जोहो गर्न लाग्छ भन्दै उनले ‘जब पर्‍यो राति…..’ भन्ने महिलालाई होच्याउने खालको उखान प्रयोग गरेका थिए।

प्रकाशित: २५ जेठ २०८० १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + one =