‘राजधानीमा जन्मन पाइने तर मर्न नपाइने?

हिमाल प्रेस २५ जेठ २०८० १२:२६
28
SHARES
‘राजधानीमा जन्मन पाइने तर मर्न नपाइने? सांसद दुर्गा राई।

काठमाडौँ- नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले किराँतीहरूलाई राजधानीमा जन्मन दिने तर मर्न नदिने पीडाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै उनले भनिन्, ‘किराँतीहरूलाई उपत्यकामा जन्मन दिने तर मृत्यु हुन नदिने पीडाको अन्त्य होस् भन्दै सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

किराँतीहरूको मृत्यु भएपछि पशुपति मृगस्थलीमा समाधि गरिँदै आएकोमा २०५५ सालमा सरकार र चार किराँत संस्थाबीच वैकल्पिक व्यवस्था गर्ने र त्यतिन्जेल त्यही ठाउँमा समाधि गर्न दिइने भन्ने सहमति भएको थियो।

तर त्यो सहमति कार्यान्वयन नभएको राईले बताइन्। उनले भनिन्, ‘२५ वर्ष बित्दासम्म यो समस्या समाधान भएको छैन। कतिवटा सरकार फेरिए। किराँतीहरूप्रति गैरजिम्मेवार सरकारप्रति खेद प्रकट गर्दछु।’ उनले २५ वर्षअघिको सहमति तत्काल कार्यान्वयन गर्न माग गरेकी छन्।

प्रकाशित: २५ जेठ २०८० १२:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =