अर्थमन्त्रीलाई सुमना श्रेष्ठको प्रश्न : अब सासमा पनि कर लगाउनुहुन्छ?

हिमाल प्रेस २४ जेठ २०८० १५:३८
20
SHARES
अर्थमन्त्रीलाई सुमना श्रेष्ठको प्रश्न : अब सासमा पनि कर लगाउनुहुन्छ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत् ल्याएको कर नीतिको सशक्त ढंगले विरोध गर्ने बताएकी छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले गरिबलाई झन् गरिब बनाउने गरी सरकारले कर नीति ल्याएको बताएकी हुन्।

उनले त्यसको विरोधमा आफूहरूले संसद् बैठकसमेत अवरुद्ध गर्न सक्ने चेतावनी दिइन्। उनले दैनिक उपभोग्य खाद्यान्नमा समेत सरकारले १३ प्रतिशत कर लिने नीति लिएकोमा आपत्ति जनाउँदै सो नीति स्वीकार्य नहुने बताएकी हुन्।

‘गरिबलाई कर थोपर्ने काम भयो। करको नियम कस्तो बनाएका छौं भने गरिब झन् गरिब बनाउने अनि कुपोषण निवारणको ठूल्ठूला कुरा गर्ने?,’ उनले अर्थमन्त्रीलाई प्रश्न गर्दै भनिन्, ‘अब त कस्तो भयो भने आफूले टार्गेट गरेको कर उठेन भने अब त अर्को वर्ष तपाईंले सासमा पनि कर लगाउनु हुन्छ। हरेक सासको कति मोल लिनुहुन्छ?’

प्रकाशित: २४ जेठ २०८० १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 13 =