बजेट तीन जिल्ला केन्द्रित भयो भन्ने सुनियो, सरकारसँग जबाफ माग्छु : माधव नेपाल

हिमाल प्रेस २४ जेठ २०८० १३:३४
34
SHARES
बजेट तीन जिल्ला केन्द्रित भयो भन्ने सुनियो, सरकारसँग जबाफ माग्छु : माधव नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित गरेको भन्दै सरकारसँग जबाफ माग्ने बताएका छन्।

बुधवार अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बजेट तीन जिल्लामा मात्रै केन्द्रित गरेर ल्याएको भन्नेबारेमा त्यसको आधार खोज्ने बताएका हुन्। उनले आधारबिना बजेट तीन जिल्लामा मात्रै केन्द्रित गर्न नमिल्ने बताए।

‘बजेटबारे मैले केही टिप्पणी सुनेँ, बजेट जति सबै डडेलधुरा र गोरखामा केन्द्रित गरियो भन्ने सुनेँ। नुवाकोटमा पनि केन्द्रित गरियो भन्ने हिसाबले गरिएछ,’ उनलेभने, ‘त्यसको कुनै आधार छ भने बेग्लै कुरा भयो, नत्र कुनै आधारमा टेक्नै पर्ने थियो, सरकारका प्रधानमन्त्रीलाई कति जानकारी भएको हो भन्नेमा बुझ्नुपर्नेछ।’

उनले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया पाएको बताए। उनले सबै प्रक्रियालाई विचार गरेर भ्रमण भएको हो वा होइन भन्नेबारेमा पार्टीका नेता र सत्तारुढ दलका नेताहरुसँग बुझ्ने पनि बताए।

अध्यक्ष नेपालले विदेशमा रहेका नेपालीहरूले नेपालमा लगानी गरिरहेको कुरा सुन्दा आफूलाई खुसी लागेको र अस्ट्रेलियामा पनि आफूले विभिन्न सहरमा पुगेर प्रवासी नेपालीहरूसँग भेट गरेको बताए।

प्रकाशित: २४ जेठ २०८० १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + fifteen =