आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

हिमाल प्रेस २४ जेठ २०८० ९:४७
4
SHARES
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै फाइल तस्बिर।

काठमाडौँ– संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। बिहान ११ बजेबाट बैठक सुरु हुने संसद सचिवालयले जनाएको छ।

प्रतिनिधिसभामा सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सांसदहरूले आफ्ना धारणा राख्नेछन् भने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ।

साथै आगामी आर्थिक वर्ष ०८०/८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सदस्यहरूले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ। सरकारले ल्याएको बजेटमाथि सांसदहरूले प्रतिक्रिया दिने र छलफल गर्ने क्रम जारी छ।

प्रकाशित: २४ जेठ २०८० ९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 1 =