काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता प्रकाशन गर्ने तयारी गरेको छ। बोर्डले वार्षिक कार्यतालिकाअनुसार असार तेस्राे साता एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी गरेकाे हाे।
७७ ओटै जिल्लामा उत्तरपुस्तिका परीक्षा तथा सम्परीक्षण भइरहेको र तोकिएकै समयमा नतिजा प्रकाशन हुने परीक्षा नियन्त्रक बिष्णुनारायण श्रेष्ठले जानकारी दिए।
बाेर्डका अनुसार देशभर १२ हजार ८३ विद्यालयका ४ लाख ८५ हजार ३९६ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी भएका थिए। परीक्षामा प्राविधिक तर्फ ५०५ विद्यालयका १५ हजार ४६१ जना परीक्षामा सहभागी थिए। बोर्डले देशभर २ हजार ३७ परीक्षा केन्द्र निर्धारण गरेको थियो।
प्रकाशित: २३ जेठ २०८० १९:११
प्रतिक्रिया