मैदा उद्योग संघको अध्यक्षमा दोहोरिए दुगड

हिमाल प्रेस २३ जेठ २०८० १६:५७
2
SHARE
मैदा उद्योग संघको अध्यक्षमा दोहोरिए दुगड

काठमाडौँ- नेपाल मैदा उद्योग संघमा नयाँ कार्य समिति चयन गरिएको छ। संघको २३औँ साधारणसभामार्फत अध्यक्षमा कुमुदकुमार दुगड निर्विरोध चयन भएका हुन्।

उनी दोस्रो कार्यकालका लागि चयन भएका संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। संघको प्रथम उपाध्यक्षमा दिनेशकुमार अग्रवाल, द्वितीय उपाध्यक्ष अरुण गोयनका, तृतीय उपाध्यक्ष, विकास बेगवानी र महासचिवमा राधेश्याम अग्रवाल चयन भएका छन्।

त्यस्तै सचिवमा आनन्द ओझा, धिरज गोल्छा र सञ्जय अग्रवाल चयन भएका छन्। त्यस्तै कोषाध्यक्षमा विनोदकुमार अग्रवालसहित १७ जनाको नयाँ कार्य समिति चयन गरिएको छ।

संघको नयाँ कार्य समितिको बैठकले मैदा शतप्रतिशत कृषि प्रोसेसिङ उद्योग भएकोले सरकारले मैदालाई कृषि उद्योगमा राखी सुविधा मागका लागि पहल गर्ने निर्णय गरेको छ।

त्यस्तै नेपालमा गहुँको उत्पादन बढाउन नेपाल सरकार, किसान र व्यवसायी मिलेर दिर्घकालीन नीति तर्जुमा गर्नेलगायतका विभिन्न निर्णय गरिएको संघले बताएको छ।

त्यस्तै मैदा आयात सहज बनाउन पहल गर्ने, आयात गरेर चीनलगायतका मुलुकमा निर्यात गर्न पहल गर्ने लगायतका निर्णय गरिने संघले बताएको छ।

प्रकाशित: २३ जेठ २०८० १६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + two =