नेप्से परिसूचक १९२७ बिन्दुमा उक्लियो

हिमाल प्रेस २३ जेठ २०८० १५:२०
6
SHARES
नेप्से परिसूचक १९२७ बिन्दुमा उक्लियो

काठमाडौँ– मंगलबार सेयर बजार परिसूचक (नेप्से) परिसूचक २५.६६ अंकले बढ्दै १९२७.६५ बिन्दुमा उक्लिएको छ। सोमबार १९०२ बिन्दुमा ओर्लिएर बजार बन्द भएको थियो।

आज १८५ कम्पनीको सेयर मूल्य बढेको छ। ३१ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रह्यो।

मंगलबार नेप्सेमा कुल १ अर्ब ९८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकमका हिसाबले सोल्टी होटल लिमिटेड शीर्ष नम्बरमा रह्यो। यसको ९ करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

आज न्याग्दी हाइड्रोपावर लिमिटेड र सनराइज फोक्सड इक्युटी फन्डको सेयर मूल्य १० प्रतिशतले बढ्यो। सोल्टी होटल, प्रभु इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलगायत कम्पनीको मूल्य ८ प्रतिशतले बढेको छ।

मंगलबार होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ। यो उपसमूहको सूचक ५.६७ प्रतिशतले बढेको छ। आज सबै उपसमूहको सूचक उकालो लाग्यो।

प्रकाशित: २३ जेठ २०८० १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + thirteen =