घरबाट बैठकमा जान निस्किएका शिक्षक जंगलमा मृत भेटिए

हिमाल प्रेस २३ जेठ २०८० १३:५७
426
SHARES
घरबाट बैठकमा जान निस्किएका शिक्षक जंगलमा मृत भेटिए

काठमाडौँ- बाँकेको नेपालगञ्जका एक शिक्षक मृत भेटिएका छन्। राँझाको आदर्श माविका शिक्षक रवीन्द्र रेग्मी ढकेरीनजिक जंगलमा मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।

‘जंगलमा शव जलेको अवस्थामा फेला परेको हो। नजिकै मोटर साइकल अनि झोलामा नोट पनि भेटिएको छ अनुसन्धान हुँदैछ’ उनले भने।

सोमबार (हिजो) दिउँसो १:३० बजे विद्यालयबाट घर फर्किएका रेग्मी केहीबेरमै घरबाट बैठकमा जानेर निस्किएका थिए। राति अबेरसम्म घर नफर्किएपछि उनको खोजी सुरु भएको थियो।

प्रकाशित: २३ जेठ २०८० १३:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =