पशुपति विकास कोषको नवनिर्मित भवनमा मृत भेटिए सुरक्षाकर्मी

हिमाल प्रेस २३ जेठ २०८० १२:५४
404
SHARES
पशुपति विकास कोषको नवनिर्मित भवनमा मृत भेटिए सुरक्षाकर्मी प्रतीकात्मक तस्बिर।

काठमाडौँ- पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन्।

कोषका कर्मचारीले आज (मंगलबार) कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए। कर्मचारीले घटनाबारे गौशाला प्रहरी कार्यालयलाई खबर गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको छ। कोषले खबर गरेपछि घटनास्थल पुग्दा राना झुण्डिएको अवस्थामा भेटिएकाले शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरी नायव उपरीक्षक सञ्जीवबाबु खड्काले बताए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ।

सञ्चालक परिषद् सदस्यका लागि निर्माण गरिएको भवनमा राना झुण्डिएको अवस्थामा भेटिएका हुन्।

प्रकाशित: २३ जेठ २०८० १२:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast