काठमाडौँ महानगरका अटेरी विद्यालय, जसले अझै बुझाएनन् छात्रवृत्ति विवरण [सूचीसहित]

हिमाल प्रेस २३ जेठ २०८० १०:५४
34
SHARES
काठमाडौँ महानगरका अटेरी विद्यालय, जसले अझै बुझाएनन् छात्रवृत्ति विवरण [सूचीसहित] काठमाडौँ महानगर

काठमाडौँ- छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने निजी विद्यालयको अनुमति रद्द गर्ने काठमाडौँ महानगरपालिकाले चेतावनी दिएको छ।

महानगरले दोस्रोपटक सूचना जारी गर्दै विवरण पेस नगर्ने विद्यालयलाई महानगरपालिकाले जेठ २८ गतेभित्र पनि विवरण पेस नभए विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति नै रद्द गरिदिने चेतावनी दिएको हो।

महानगरपालिकाले पहिलोपटक जेठ १० गते सूचना जारी गरी विवरण पेस गर्न निर्देशन दिएको थियो। विद्यालयले तोकिएको समयभित्र विवरण पेस नगरेपछि महानगरले पुन: सूचना जारी गर्दै जेठ २८ गतेभित्र विवरण पेस गर्न निर्देशन दिएको छ।

यी हुन् छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने विद्यालयहरू:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 14 =