आर्थिक वृद्धिको लक्ष्य परिपूर्ति गर्ने मौद्रिक नीति आउँछ : गभर्नर

हिमाल प्रेस २२ जेठ २०८० २१:४०
4
SHARES
आर्थिक वृद्धिको लक्ष्य परिपूर्ति गर्ने मौद्रिक नीति आउँछ : गभर्नर फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धि र मूल्य वृद्धिको लक्ष्य परिपूर्ति गर्ने मौद्रिक नीति ल्याइने बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित ‘पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले ६ प्रतिशतको आर्थिक वृद्धि पूर्ति गर्ने मौद्रिक नीति ल्याइने बताएका हुन्।

आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आगामी साउनको १५ गतेभित्रै जारी गर्ने तयारी भइरहेको पनि उनले बताए। मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रको आवश्यकता, मौद्रिक विस्तार र निजी क्षेत्रमा जानुपर्ने कर्जाका विषयलाई ख्याल गरेर तय गरिने उनको भनाइ थियो।

राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै मौद्रिक नीतिका लागि राय सुझाव माग गरेको छ। आगामी असार १० गतेसम्म सुझाव दिन सकिने राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ।

प्रकाशित: २२ जेठ २०८० २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 15 =