संसद्‌मा बजेटमाथि छलफल सुरु

हिमाल प्रेस २२ जेठ २०८० १७:४७
4
SHARES
संसद्‌मा बजेटमाथि छलफल सुरु फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल सुरु गरिएको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल सुरु गरिएको हो।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव गरेका थिए। सो प्रस्तावअनुसार बजेटमाथि सांसदहरूले आ-आफ्ना धारणा राखिरहेका छन्।

मन्त्री महतले जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ बजेट प्रस्तुत गरेका थिए।

प्रकाशित: २२ जेठ २०८० १७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + three =