एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर टिचिङ हस्पिटलमा १५ प्रतिशत छुट

हिमाल प्रेस २२ जेठ २०८० १२:२६
6
SHARES
एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर टिचिङ हस्पिटलमा १५ प्रतिशत छुट

काठमाडौँ- एनआईसी एशिया बैंक र बसुन्धारामा रहेको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच छुट सम्झौता भएको छ।

सम्झौताअनुसार एनआईसी एशियाका ग्राहकले कान्तिपुर टिचिङ हस्पिटलका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन्। सम्झौतापत्रमा बैंकका डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्साल र हस्पिटलका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले हस्ताक्षर गरेका छन्।

छुट प्राप्त गर्न एनआईसी एशियाको मोबाइल बैंकिङ, डेबिट, क्रेडिट कार्ड वा प्लाटिनम कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ।

सम्झौताअनुसार स्पेशल डेन्टल सर्भिसमा ७ प्रतिशत, अपरेसन तथा जेनरल डेन्टल सर्भिसमा १० र ल्याब, बेड (जेनरल वार्ड) तथा होल बडी चेकअपमा १५ प्रतिशत छुट दिइने छ।

प्रकाशित: २२ जेठ २०८० १२:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seven =