‘ओ मेरो राजा जी’ मा पुष्प र मोनिका राजा रानी

हिमाल प्रेस २२ जेठ २०८० ६:५८
126
SHARES
‘ओ मेरो राजा जी’ मा पुष्प र मोनिका राजा रानी

काठमाडौँ– गायक सन्तोष सुनार र गायिका विन्दु परियारको स्वरमा ‘ओ मेरो राजा जी’ बोलको गीत सार्वजनिक भएको छ।

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो। सन्तोष सुनारकै शब्द तथा संगीतमा तयार गरिएको यो गीतको भिडियोलाई निर्देशक विक्रम स्वारले डान्सिङ नम्बरमा तयार पारेका छन्।

भिडियोमा जश्भिर स्वार र विक्रम स्वारको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन, नवराज उप्रेतीको छायांकन छ।

भिडियोमा नायक पुष्प खड्का र मोडल मोनिका बुढाथोकीको रोमान्स हेर्न सकिन्छ। निर्देशक स्वारले पुष्प र मोनिकालाई आधुनिक शैलीमा नचाएका छन्। भिडियोमा मोनिका हट देखिएकी छन्। उनीसँगै पुष्प पनि रोमान्टिक मुडमा भिडियोमा प्रस्तुत भएका छन्। गीतमा केटा र केटीले एक अर्कालाई रानी र राजा भन्दै सम्बोधन गरेको सुन्न सकिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 16 =