आजको मौसम : पहाडमा सामान्य बदली, तराईमा तातो हावा चल्ने

हिमाल प्रेस २२ जेठ २०८० ६:४५
आजको मौसम : पहाडमा सामान्य बदली, तराईमा तातो हावा चल्ने फाइल तस्बिर।

काठमाडौँ– सोमबार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिएको महाशाखाले जानकारी दिएको छ।

यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थान तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

देशको तराईका केही भू-भागहरुमा तातो हावा र लू चलिरहेको छ तथा देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने देखिएको महाशाखाको भनाइ छ।

प्रकाशित: २२ जेठ २०८० ६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =