विपक्षीको विरोधपछि प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित

हिमाल प्रेस २१ जेठ २०८० १५:३०
22
SHARES
विपक्षीको विरोधपछि प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित

काठमाडौँ– प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ। प्रतिपक्ष तीन दलको अवरोधपछि एक घण्टामा बस्ने तय भए पनि बैठक बस्दै नबसी स्थगित भएको हो। बैठक सोमबार बिहान ११ बजे बस्ने तय भएको संसद् सचिवालयले जानकारी दिएको छ।

आजको बैठकमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको भन्दै विरोध गरेका थिए। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोेकेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गरेका थिए।

प्रकाशित: २१ जेठ २०८० १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =