सेयरमा आम्दानी कर नलाग्ने भनेपछि हौसिए लगानीकर्ता, परिसूचक ५३ अंकले बढ्यो

हिमाल प्रेस २१ जेठ २०८० १५:२१
6
SHARES
सेयरमा आम्दानी कर नलाग्ने भनेपछि हौसिए लगानीकर्ता, परिसूचक ५३ अंकले बढ्यो

काठमाडौँ– सेयर बजारको कमाइमा आम्दानी कर नलाग्ने आश्वासन पाएपछि लगानीकर्ताहरू हौसिएका छन्। यसअघिका कारोबार दिनमा भारी अंकको गिरावट खेपेको बजार आइतबार ५३ अंकले उकालो लागेको हो।

आर्थिक विधेयक २०८०/०८१ मार्फत सरकारले सेयर बजारलाई पेसा ठानी यसको कमाइमा आम्दानी कर लगाउने व्यवस्था गरेको थियो। यो व्यवस्थाको विरोधमा लगानीकर्ताहरू लगातार आन्दोलनमा थिए।

आज त लगानीकर्ताले एक घण्टाभन्दा बढी सेयर बजार कारोबार नै प्रभावित बनाए। तर सोही बेला अर्थ मन्त्रालयका उच्च अधिकारी र लगानीकर्ताबीच भएको वार्ता सकारात्मक बन्यो।

अर्थ मन्त्रालयले पुरानै व्यवस्था लागू हुने विज्ञप्ति नै जारी गर्‍यो। पुरानो व्यवस्थामा सेयर बजारको कमाइमा पुँजीगत लाभकर मात्रै लाग्ने व्यवस्था छ। अर्थ मन्त्रालयको विज्ञप्ति लगत्तै बजारले तीव्र अंकको उचाइ लियो।

आज नेप्से परिसूचक १९१९.३७ बिन्दुमा उक्लिएको छ। कारोबार भएकामध्ये ३ कम्पनीको मूल्य मात्रै घट्यो। २१७ कम्पनीको मूल्य बढ्यो। आइतबार ६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। कूल १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रकाशित: २१ जेठ २०८० १५:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =