एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

हिमाल प्रेस २१ जेठ २०८० १५:१९
8
SHARES
एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ– संघीय संसद्‌को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभा बैठकमा पनि अवरोध गरेको छ। एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि विपक्षी दलहरू विरोधमा छन्। सोही विषयमा आइतबारको प्रतिनिधि सभामा एमालेसहित विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेका थिए।

आइतबार राष्ट्रिय सभाको बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले उठेर विरोध जनाएका थिए। राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठले राष्ट्रपतिले विवादित नागरिकता विधेयकलाई प्रमाणीकरण गरेको भन्दै आपत्ति जनाए।

उनले भने, ‘नागरिकता दिने सवालमा यो देशमा जन्मेका सबै नेपाली नागरिकहरूले वंशजको आधारबाट नेपालको नागरिकता प्राप्त गर्नुपर्छ भन्नेमा हामी प्रष्ट छौं। नेकपा एमाले प्रष्ट छ। वंशजको आधारमा जन्मेका नागरिकहरूले लामो समयदेखि नागरिकता प्राप्त गरेका थिएनन्। नागरिकता नपाएकै कारण राज्यले दिने सेवा सुविधाबाट बञ्जित हुनु परेको छ।’

उनले नागरिकता विधेयक पुनः संसद्‌मा ल्याएर पारित गर्नु पर्नेमा जोड दिए। सांस श्रेष्ठले राष्ट्रपतिबाट कीर्ति र जालसाजी हुने गरी नागरिकता विधेयक प्रमाणीकरण भएको समेत जिकिर गरे।
राष्ट्रिय सभाको बैठक सोमबार दिउँसो १:१ बजे बस्नेगरी स्थगित भएको छ।

प्रकाशित: २१ जेठ २०८० १५:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =