सेयरमा आम्दानी कर नलाग्ने, पुरानै व्यवस्था कायम हुने

हिमाल प्रेस २१ जेठ २०८० १३:४०
8
SHARES
सेयरमा आम्दानी कर नलाग्ने, पुरानै व्यवस्था कायम हुने

काठमाडौँ- सेयर बजारका लगानीकर्ता र अर्थ मन्त्रालयका उच्च अधिकारीबीच भएको वार्ता सकारात्मरूपमा टुंगिएको छ।

अर्थ मन्त्रालय आर्थिक विधेयक २०८०/८१ मा व्यवस्था गरिएको नयाँ व्यवस्था संशोधन गर्न तयार भएपछि वार्ताले सकारात्मक रूप लिएको हो।

सरकारले नयाँ आर्थिक विधेयकमार्फत सेयर बजारलाई पेसा व्यवसाय ठानेर त्यसबाट हुने कमाइमा आम्दानी कर लगाउने व्यवस्था गरेको थियो। यो व्यवस्थाको विरोधमा लगानीकर्ता आन्दोलनमा उत्रिएका थिए। यही कारण आज कारोबार सुरु हुँदासमेत सेयर बजार ठप्पजस्तै रह्यो।

आजको वार्तामा सेयर बजारमा पुँजीगत लाभकर नै अन्तिम हुने सहमति भएको छ। नयाँ व्यवस्था संसद्‍बाट पारित हुनुअघि नै संशोधन गरिने अर्थमन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

प्रकाशित: २१ जेठ २०८० १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =