नागरिकता विधेयक प्रमाणीकरणको पक्षमा छैनौँ ‍: रास्वपा

हिमाल प्रेस २१ जेठ २०८० १३:३०
6
SHARES
नागरिकता विधेयक प्रमाणीकरणको पक्षमा छैनौँ ‍: रास्वपा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई संशोधन गर्न माग गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले नागरिकताविहीनलाई नागरिकता दिन नभई अन्य कुनै स्वार्थले नागरिकता विधेयक प्रमाणीकरण गरिएको बताएका हुन्।

उनले रास्वपा नागरिकता विधेयक प्रमाणीकरणको पक्षमा नरहेको स्पष्ट पार्दै यसको विरोधमा रहेको उल्लेख गरे। ‘यो मानव अधिकारसँग जोडिएको विषय हो, सँगसँगै भूराजनीतिसँग जोडिएको विषय पनि हो,’ उनले भने, ‘यसर्थ यो गम्भीर विषयमा संसद्‌मा विशेष काम छ भनेर हामीलाई संसद्‌मा बोल्न दिइरहने अनि सरकार लुसुलुसु आफ्नो काम गरिरहने यो रवैयालाई अब राष्ट्रिय स्वतन्त्र पार्टीले स्वीकार्दैन। यसर्थ सरकारले रोकोस्। सरकारले यसलाई संशोधन गरोस्।’

उनले नेपाली नागरिकलाई नागरिकता दिलाउनका लागि रास्वपा संसद् र सडकमा संघर्ष गर्न तयार रहेको भन्दै सरकारले यस प्रकारको विधि भने सुधार्नुपर्ने बताए।

प्रकाशित: २१ जेठ २०८० १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =