जलिरहेको अवस्थामा भेटिएका विद्यालयका लेखापालको मृत्यु

हिमाल प्रेस २१ जेठ २०८० ८:२९
260
SHARES
जलिरहेको अवस्थामा भेटिएका विद्यालयका लेखापालको मृत्यु प्रतीकात्मक तस्बिर।

इटहरी- जलिरहेको अवस्थामा भेटिएका विद्यालयका लेखापालको मृत्यु भएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका-२, मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल ४० वर्षीय मनील ढकालको उपचारका क्रममा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदयशमशेर जबराका अनुसार शनिबार बिहान विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा भेटिएका ढकालको काठमाडौंंस्थित वर्न हस्पिटल लैजाने क्रममा शनिबार साँझ मृत्यु भएको हो।

लेखापाल ढकालले बिषादीजन्य पदार्थ सेवन गरेपछि आफैं चढ्ने प्रदेश १–०२–०४३ प २४४९ नम्बरको मोटरसाइकलबाट पेट्रोल निकालेर आफैँलाई आगो लगाएको खुलेको जबराले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जबराले बताए।

प्रकाशित: २१ जेठ २०८० ८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 3 =